डिल्लीराज/कञ्चनपुर – पन्तभिमदत्तनगर नगरपालिका वडा नम्वर १२, ऐरी मा रहेको श्री बैजनाथ युवा जनसेवा समितिको नयाँ कार्य समिति गठन भएको छ । सनिवार कार्यालय परिसरमै सञ्चालन भएको साधारण सभा मा ११ सदस्यीय कार्य समिति गठन भएको हो ।
नयाँ कार्य समितिका अध्यक्ष अशोक सिंह बुढापाल, उपाध्यक्ष सुरेन्द्र मल्ल, सचिममा भोजराज जोशी, सह सचिवमा लोकराज जोशी र कोषाध्यक्षमा लक्ष्मी दत्त जोशी चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा मेहन देव भट्ट, सुरेश प्रसाद जोशी, रेवाध सार्कि, राजकुमार वडायक, विमला अवस्थी भट्ट र सिता देवी रावल चयन भएका छन । बि स २०४७ मा स्थापना भएकोनगरकै स्थापित सामाजिक संस्थाका रुपमा परिचित श्री बैजनाथ युवा जनसेवा समितिले स्थानिय स्तरमा सवैखाले समाजिक कार्यमा सहभागिता जनाउदै आएको थियो ।
साधारण सभा को सभापतित्व निवर्तमान अध्यक्ष श्री हरि दत्त जोशीले गनुृभएको थियो भने प्रमुख अतिथी मा वडा नम्वर- १६ का वडाध्यक्ष केसब सिंह बिस्ट अतिथिहरुमा १२का वडाध्यक्ष श्री भुपेन्द्र रावल संस्थापक अध्यक्ष श्री नर बहादुर साउद , पुर्व अध्यक्ष श्री भवानी प्रसाद पन्त तथा पुर्व पधाधिकारी लगायतको सर्वसाधारणको सहभागिता रहेको थियो ।
णसमितिको अध्यक्षमा चयन भएपछि आफु संस्था र समाजका लागी जस्तोसुकै समस्या परेका बेला समेत आफ्नो क्षमता अनुरुप लागी पर्ने र आफ्नो टिममा आएका अन्य साथिहरुलाई समेत समाज रुपान्तरणका लागी अगाढि बढ्न हौसलार साथ दिने नव निर्वाचित अध्यक्ष अशोक सिंह बुढापालले जानकारी दिनुभएको छ ।

