रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुरमा भारतिय नम्बरको कारसहित एक जना पक्राउ परेका छन्। भन्सार छली गरी ल्याएका विभिन्न खुण्टि, चुकुल ताला, स्टेसनरीका सामान र उक्त सामान बोकेको कार गरी अन्दाजी ७ लाख ९९ हजार ७ सय मुल्य बराबरका सामान र कारसहित एक जना भारतिय नागरिकलाई कञ्चनपुर प्रहरीले आइतवार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा भिमदत्त नगरपालिका वडा नम्बर–४ बजारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश डाँगिले कञ्चनपुर खबरलाई बताउनु भयाे ।
कार र भन्सार छलिका समान सहित पक्राउ पर्नेमा भारतिय नागरिक दिवान्स अग्रबाल रहेकाे प्रहरी नायव उपरिक्षक डाँगीले बताए ।
उनले भने “बरामद गरिएका सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको छाै ।”
यस अघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कार र एक जनालाई एक हप्ता अघि मात्रै ९ लाख मुल्य बराबरकाे समान सहित बजार क्षेत्रबाट पक्राउ गरेकाे थियाे ।

