साेलुखुम्बु हेलिकप्टर दुर्घटनामा परी १ नेपालि सहित ५ मेक्सिकन नागरिककाे मृत्यु, सबै शव काठमाडौ पुर्याईयाे

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडाै– सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा परि एक नेपाली सहित ५ जना मेक्सिकन नागरिककाे मृत्यु  भएकाे छ ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५ को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन  चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको हाे ।

मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं पुर्याईएकाे छ । अल्टीच्युड एयरको हेलिकप्टरमार्फत ६ वटै शव मंगलबार अपराह्न त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।

दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *