कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउपालिका-५ राैतेली विचुवा स्वास्थ्य चाैकिमा कार्यरत अनमि निलम भट्ट सम्मानित हुनु भएकाे छ । मंगलबार कञ्चनपुर जिल्ला पुर्णखाेप सुनिश्चितता तथा दिगाेपन घाेषणा सभा कार्यक्रममा उकृष्ट कार्य गरेबाफत अनमि भट्ट सम्मानित हुनु भएकाे हाे ।
सुदूरपश्चिमका मुख्य मन्त्री कमल बहादुर शाहकाे प्रमुख आतिथ्यततामा सम्पन्न पुर्ण खाेप जिल्ला घाेषणा कार्यक्रममा जिल्लाका सबै पालिकामा उकृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मानित कार्य याेजना अनुसार बेलडाँडी गाउँपालिकामा उकृष्ट कार्य गरेबाफत अनमि भट्ट सम्मानित हुनु भएकाे हुन ।
विगत १८ बर्ष देखि राैतेली विचुवा स्वास्थ्य चाैकिमा कार्यरत अनमि भट्टले स्वास्थ्यका थुप्रै कार्उमा उकृष्ट काम गरेबाफत धेरै पटक सम्मानित भईसकेका अनमि भट्ट यश पटक पनि आफ्नो कार्यकाे मुल्यांकन गरि सम्मानित गरेकाेमा खुसि भएकाे बताउदै आयाेजक सहित सबै प्रती धन्यावाद व्यक्त गर्नु भयाे ।
राैतेली स्वास्थ्य चाैकिमा प्रसुति सेवामा समेत उकृष्ट कार्य सम्पादन समेत गर्दै आउनु भएकि अनमि भट्टले आफ्नो कामकाे मुल्यांकन गरेर सम्मानिि भएकाेमा आगामी दिनमा समेत पेशामा थप जिम्मेवार भएर काम गर्ने प्रण गरेकि छिन् ।




