पुनर्वास नगरपालिकाले गर्याे त्रिभुवनबस्ती प्रहरी प्रमुख मल्ललाई सम्मान

मुख्य खवर राजनीति विशेष समाचार

किशोर तामाङ/पुनर्वास-कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाको १३औ नगर सभामा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ईन्चार्जको रूपमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) नरेश राज मल्ल सम्मानित भएका छन् ।

नगरपालिकाको १३औ नगर अधिवेशनबाट इन्स्पेक्टर मल्लालाई असार ८ गते शुक्रबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले इन्स्पेक्टर मल्लालई सम्मानपत्र र खादाओढाएर सम्मान गरेका हुन् ।

विगत १३ महिनादेखि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको नेतृत्व गर्दै आएका इन्स्पेक्टर मल्लाले पुनर्वास नगरपालिका भित्र मौलाएको लागूऔषध नियन्त्रण तथा अन्य गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै नगरको शान्ति सुरक्षा तथा सुशासनको क्षेत्रमा पुर्याएको योगदान, बिपद उद्दार कार्य, लागुऔषध र चोरी तस्कारी नियन्त्रण कार्यमा निष्ठापूर्वक कार्य सम्पादन गर्नुभएको छ । वहाँको यस कार्य को उच्च मुल्यांकन गरी कदर स्वरूप उनलाई सम्मान गरिएको हो ।

मल्लालई नगरपालिका भित्रका बिभिन्न प्रविधिका अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, समाजमा शान्ति सु-व्यवस्था कायम राख्न स्वयम् अहोरात्र खटिने र आफु मातहतका प्रहरी कर्मचारीहरुको परिचालन, रेखदेख एवं नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत टोल, समाज, विद्यालयमा सम्पर्क गरी (अवार्नेस ) जन चेतना मुलक कार्यक्रमहरु मार्फत प्रहरी र नागरिक बीचको सम्बन्ध प्रगाढ बनाउने कार्यमा अहम भुमिका निर्वाह गरिएको पाइएकाले नगर कार्यपालिकाको निर्णाय बाटै १३औ नगर सभाबाट सम्मान गरिएको नगर प्रबक्ता तुलसी अर्यालले जानकारी दिनुभयो।

प्रहरी निरीक्षकलाई पुरस्कृत गर्दा प्रहरी संगठन को मनोबल बढ्नुको साथै अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई आगामी दिनहरूमा अझ सशक्त भएर नगरपालिका भित्र मौलाएको लागूऔषध नियन्त्रण तथा नगर शान्ति सुरक्षा , बिपद उद्दार कार्य, लागुऔषध र चोरी तस्कारी नियन्त्रण कार्यमा अमुल परिवर्तन आउने र प्रहरी संगठन को कार्य सम्पादनमा निष्ठापूर्वक लागि अझ बढि प्रभावकारिता हुने देखिएकाले कदर स्वरूप सम्मानित गरिएको नगर प्रमुख तोय प्रसाद शर्माले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *