बेलडाँडीमा शिक्षक संघकाे ३४औ स्थापना दिवस मनाईयाे, सेवा निवृत ३ जना पुर्व प्रअ सम्मानित

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेपाल शिक्षक संघकाे ३४ औ स्थापना दिवसकाे अवसरमा शिक्षक संघ बेलडाँडीले भव्य रूपमा दिवस मनाएकाे छ । दिवसकाे अवसरमा बेलडाँडी गाउँपालिकाका सेवा निवृत ३ जना पुर्व प्रअ सम्मानित भएका छन् ।

शनिबार नेपाल शिक्षक संघकाे स्थापना दिवसकाे अवसरमा नेपाल शिक्षक संघ बेलडाँडीले गाउँपालिकाकाे सभा कक्षमा आयोजना गरेकाे एक कार्यक्रममा लाेमाेसमय संगठनमा याेगदान पुर्याई शिक्षक सेवाबाट सेवा निवृत हुने ३ जना पुर्व प्र.अ.लाई सम्मानित भएका हुन ।

सम्मानित हुनेमा बेलडाँडी गाउँपालिका वडा नम्बर-२ बस्ने पुर्व प्र.अ. ईन्द्र दत्त भट्ट, पुर्व प्र.अ.बासुदेव ओझा र पुर्व प्रअ धन सिंह कार्कि रहेका छन् ।

तिनै जना पुर्व प्रअलाई कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, विशिष्ट अतिथि उपाध्यक्ष शान्ति नाथ, नेपाल शिक्षक संघका सुप प्रदेश उप-महासचिव विष्णु सिह भण्डारी, शिक्षक संघ बेलडाँडीका अध्यक्ष दिल बहादुर सिंहले सयुक्त रूपमा दाेसहल्ला र प्रमाण पत्रले सम्मानित भएका हुन ।

शिक्षक संघकाे दिवसकाे अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व शिक्षक एवं बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले सबैलाई शुभकामना  व्यक्त गर्नु भयाे ।

उहाँले भने “पेशागत शिक्षककाे हकहितमा केन्द्रीत भएर सबल र समय सुहाउदाे शिक्षामा जाेड दिने गरी सबै शिक्षक संघकामा आबद्ध शिक्षकले लाग्नु गर्नुमा जाेड दिनु भयाे  ।” लामाे समय संगठनमा रहि याेगदान पुर्याउनुहुने सेवा निवृत तिनै जना पुर्व प्रअलाई सम्मानित भएकाेमा बधाई तथा बाकि सेवा निवृत जीवन सफताकाे शुभकामना व्यक्त गर्नु भयाे ।

यस्तै विशिष्ट अतिथि शान्ति नाथले दिवसकाे अवसरमा सबै शिक्षकहरूमा शुकामना दिनु हुँदै सबैले मिलेर शिक्षकका हक अधिकारका पक्षमा लागि शिक्षामा समेत गुणस्तर वृद्वि गरी गर्नु पर्ने धारणा राखे ।

शिक्षक संघका सुप प्रदेश उप-महासचिव विष्णु सिह भण्डारीले शिक्षााकाे क्षेत्रमा शिक्षक संघले खेलेकाे भुमिकाकाे प्रशंसा गर्दै संगठकाे हितमा आफू लगि परेकाे बताउनु भयाे । उहाँले यश अवसरमा सबैलाई शुभकामना व्यक्त गरे ।

कार्यक्रमका सभापति समेत रहेका नेपाल शिक्षक संघ बेलडाँडीका अध्यक्ष दिल बहादुर सिंहले बेलडाँडिमा नि:शुल्क र गुणस्तरीय शिक्षामा जाेड, पेशागत हकहितका सधैव कटिबद्ध रहने बताउदै दिवसकाे अवसरमा शुभकामना दिनु भयाे ।

उनले भने “बेलडाँडी गाउँपालिकामा आफ्नो कार्यकालकाे अवधिमा जिजि शिक्षकाे व्यवस्थापन, शिक्षाकाे स्तरमा वृद्धि र शिक्षाकाे अवस्था सुधारका लागि गाउँपालिकाे नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने प्रतिबद्वता जनहेर गर्नु भयाे । दिवसकाे अवसरमा सम्मानित हुन तिनै जना सेवा निवृत्त पुर्व प्रअलाई बधाई तथा शुभकामना दिनु भयाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *