कञ्चनपुरकाे बेलडाँडीमा लागु औषध सहित दुई जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडी गाउँपालिकामा प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेकाे छ ।

आईतबार अपरान्ह ४ बजेकाे समयमा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बेलडाँडी- २ क्याम्पबाट दुई जनालाई लागू औषध खैराे हिराेईन सहित पक्राउ  गरेकाे हाे ।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका- १ लक्ष्मीटोल बस्ने बर्ष २३ का पदम भट्ट र भिमदत्त नगरपालिका-४ भगतपुर बस्ने ३३ का सुरेन्द्र थापा रहेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरिक्षक पुष्कर पन्तले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उनका अनुसार “शंका लागि चेकजाँच गर्दा उनिहरूकाे साथबाट प्लाष्टीक सहित ५ ग्राम ४ मिलिग्राम र प्लाष्टीक हटाई तौल गर्दा ४ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो पदार्थ बरामद गरेकाे बताउनु भयाे ।”

उनिहरूलाई बेलडाँडीबाट दैजि तर्फ जाँदै गरेकाे अवस्थामा सवार सु.प.प्र.०२००३ प ६१७७ नम्बरकाे माेटरसाईकल सहित पक्राउ गरेकाे प्रहरी निरिक्षक पन्तले बताउनु भयाे ।

पक्राउ परेका दुबै जनालाई कानुनि कार्वाहि सहित थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएकाे छ ।

पछिल्लाे समय खुला सिमा नाकाकाे फाईदा उठाउदै जिल्लाकाे दक्षिणि क्षेत्रमा लागू औषध काराेवारमा संलग्नहरू पक्राउ पर्नेकाे संख्यामा बृद्वि भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *