बेलडाँडी प्रहरी प्रमुख पातली सरूवा, सफलता पुर्वक पूरा गरे कार्यकाल

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी प्रमुख प्रहरी निरिक्षक दिपक पातलीकाे सरूवा भए संगै विदाई गरिएकाे छ ।

आईतवार ईप्रका बेलडाँडीमा एक कार्यक्रमका माझ प्रहरी निरिक्षक पातलीलाई कुशलता पुर्वक एक बर्षे कार्यकाल सम्पन्न गरि सरूवा भए संग भव्य रूपमा विदाई गरीएकाे हाे ।

विदाई कार्यक्रममा बेलडाँडी गाउपालिका अध्यक्ष हरिश्चन्द्र राना, प्रबक्ता गज बहादुर विष्ट, प्रमुख प्रशासकिय अधिकृत पदमराज जाेशि, समाजसेवि, पत्रकार लगायतले दाेसल्ला ओडाएर विदाई गरेका हुन ।

एक महिना अघि प्रहरी प्रधान कार्यालयले सरूवा निकालेकाे थियाे । पातली प्रहरी एकेडेमी काठमाडौं सरूवा भएका हुन । भने उनकाे ठाउँमा देवेन्द्र बुढाथाेकिकाे सरूवा भएता पनि उनि उतैबाट अन्यत्र सरूवा मिलाएर गएपछि बेलडाँडीमा अब काे आउने भन्ने निश्चित भएकाे छैन ।

पातलिले एक बर्षे कार्यकालकाे अवधिमा बेलडाँमा थुप्रै अपराधिक घटनामा सफल अनुसन्धान गरि सफलता हात पारेका थिए ।

उनले भने “याे क्षेत्र खुला सिमा नाका संग जाेजिएकाले सुरक्षा चुनाैती रहेकाे बताउउदै कम स्राेाे साधनका वावजुत पनि स्थानिय तहकाे निर्वाचन, प्रदेश र प्रतिनिधि सभाकाे निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न गरेकाे बताए ।”

यस्तै उनले `खुला सिमामा हुने चाेरी तस्करी नियन्त्रण देखि लागू औषध ओसार पसारमा संलग्न लाई पक्राउ गरी कानुनि कार्वाहि गरेकाे समते बताए ।´

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *