नेपाल निजामती कर्मचारी संगठनकाे शुक्लाफाँटा अधिवेशन सम्पन्न, अध्यक्षमा जाेशी चयन

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेपाल निजामती कर्मचारी संगठन ( नेकपा एमाले सम्बद्ध ) ले कञ्चनपुर जिल्लामा पालिका अधिवेशन अन्तरगत शुक्लाफाँटामा अधिवेशन सम्पन्न गरेकाे छ ।

शुक्रबार जिल्लाकाे झलारी बजारकाे रमाईलाे हाेटलमा आयोजित शुक्लाफाँटा पालिका अधिवेशनबाट जाेशिकाे अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्व-सम्मत चयन गरिएकाे हाे ।

शुक्लाफाँटा नगर समितिको अध्यक्षमा कमला कुमारी जोशी चयन भएकी हुन ।  नगर समितिको प्रथम अधिवेशनबाट जोशीको नेतृत्वमा समिति चयन गरिएको नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष मान बहादुर चन्दले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

जसमा समितिको उपाध्यक्षमा सुरेश पन्त, सचिवमा पदम महरा, कोषाध्यक्षमा टिकाराम तिवारी चयन भएका छन्। यसैगरी सदस्यमा बिरेन्द्र विष्ट, कविता जोशी, पार्वती साउँद, सवारीलाल डगौरा, लक्ष्मण सेटी, निरज जोशी, डम्बरदत्त जोशी, करनसिंह ठगुन्ना र माधवी साउँद चयन भएका छन् ।

यस अघि लालझाडी र दाेधारा चाँदनीमा पालिका अधिवेशन सम्पन्न गरिसकेकाे र शनिबार भाेलि वेतकाेट नगरपालिकामा अधिवेशन गरिने कार्यक्रम रहेकाे कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष  चन्दले बताउनु भयाे ।

उनले भने “कर्मचारीको अधिकार ,पेशागत सुरक्षा,काम गर्ने बाताबरण,परिवारको पालनपोषण गर्न सकिने तलबमान लगायत विभिन्न समस्या समाधानका पहल गर्नुका साथै संघिय निजामती सेवा ऐन तिनै तहका कर्मचारी लाई स्वीकार्य हुने छिट्टै जारी गर्न पर्ने समेत बताउनु भयाे ।”

नेपाल निजामती कर्मचारी संगठनका जिल्ला सल्लाहकार सदस्य रुद्रबहादुर ओलीको अध्यक्षतामा भएको प्रथम अधिवेशनमा जिल्ला इन्चार्ज प्रताप चन्द, विशिष्ट अतिथिमा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा, निजामती कर्मचारी संगठनका सुदूरपश्चिम महासचिव महादेव जोशी, जिल्ला अध्यक्ष मान बहादुर चन्द थिए।

कृष्ण बहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *