कञ्चनपुर-१ का सांसद धामीले संसदमा उठाए आफ्नाे क्षेत्रका मुद्वा, सीमा विवाद, बेलाैरी र खुला सीमाका कारण समस्यामा

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं-रास्वपाका सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रका जनताहरू सीमा विवाद र खुला सीमाका कारण समस्यामा रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए ।’

सांसद जनक सिंह धामी कञ्चनपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।आफ्नो क्षेत्रको समस्या संसद्मा राख्दै उनले भनेका छन्, ‘नेपालीहरूको हातमा लालपुर्जा छ । जग्गा भारतीयहरूको चलनभोगमा छ ।’

उनका अनुसार ३८ नम्बर छेउछाउ भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको छ । बेलौरी भन्सार स्तरउन्नती नहुँदा राजश्व संकलन न्यून रहेको पनि उनले बताए ।

कञ्चनपुर-१ मा ‘खुला सीमाका कारण लागूऔषध ओसारप्रसार र दुर्व्यसनले युवाहरूको भविष्य जोखिममा छ ।’ सांसद धामीले भने “क्वारेन्टाइनको व्यवस्था नहुँदा नेपालीहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भनेर उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।”

Oplus_131072

Leave a Reply

Your email address will not be published. Required fields are marked *