कञ्चनपुर कारागारमा फेरी लफडा, महिनै पिच्छे झडप घटनाको दीर्घकालिन समाधान भएन्

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/कञ्चनपुर, २५ चैत्र- कञ्चनपुर कारागारमा फेरी लफडा भएकोे छ । कारागारमा  पछिल्ला तीन महिनादेखि निरन्तर लफडा भईरहेको हो । सेवा सुविधादेखि एक आपसमा वाद विवादले कारागारमा निरन्तर लफडा भईरहेको छ ।

गत ४ पुष ०८२ मा कैदीबन्दीले राज्यबाट पाउने सेवा सुविधा माग अघि सारेर आन्दोलन गरेका थिए । उतिबेला ८कैदीबन्दी घाईते भएका थिए ।

कारागारभित्र लफडा गरेको भन्दै १३ कैदीबन्दी अन्यन्त्र स्थानान्तरण गरिएको थियो । उक्त घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति बनाईयो । तर कारागारको मुख्य समस्या के हो भन्ने विषयमा छानबिन समितिको प्रतिबेदन सार्वजनिक गरिएको छैन । उतिबेलामा पनि कैदीबन्दीहरुले राज्यले दिने सेवा सुविधामा कर्मचारीले घोटाला गरेर न्यून मात्रै दिने गरेको आरोप लगाएका थिए ।
पुष पहिलो साता भएको घटना सेलाउन नपाउँदै ८ चैत्र ०८२ मा लफडा दोहोरियो ।

दुई समुहविच भएको लफडामा २ कैदीबन्दी घाईते भए । उतिबेला केही कैदीबन्दी कारागार भित्र लागु औषध, कण्डमदेखि गैर कानुनी गतिबिधी हुने गरेको खुलासा गरेका थिए । १८ कैदीबन्दीको अन्यन्त्र सरुवाको माग अघि सारिएको थियो । चैत्र महिना नसकिदै दोस्रो पटक १८दिनमै फेरी लफडा मच्चिएको छ । २५चैत्र(बुधबार) ०८२मा पनि दुई समुहविच भएको विवादले झडपमा परिणत हुँदा पाँच कैदीबन्दी घाईते भएका छन ।

कारागार स्रोतका अनुसार लागु औषध र अन्य मुद्दावाला कैदीबन्दीहरुविच कारागारभित्र कारोबारको विषयमा विवाद उत्पन्न हुदा पाँच कैदी घाईते भएका छन । घाईतेहुनेमा राजु दमाई, भुवन नाथ, आयुस बम, भुवन ऐर, प्रकास घडेरी रहेका छन । उनीहरुको महाकाली अस्पतालमा उपचार गरिएको छ । कञ्चनपुर कारागार प्रमुख हेमन्त साउदले दुई समुहविच आपसी वाद विवादले कुटपिट भएको बताईन ।

घटनाको मुल कारण नखुलेपनि लागु औषध मुद्दा र अन्य मुद्दा खेपिरहेका कैदीबन्दीविच आपसी असमझदारीले विवाद उत्पन्न हुने गरेको बताईन । कारागार प्रमुख साउदले घाईतेहरु अस्पतालबाट फर्किएपछि घटनाको यथेष्ट कारण पहिचान गरेर समाधानका लागि पहल गरिने बताईन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले दुई समुह विचको आपसी विवादले घटना घटेको बताए । प्रजिअ कोईरालाले कारागारभित्र झै-झगडा गर्नेहरुलाई अन्यन्त्र सारिने बताए ।

यस अघि कारागारमा टेकराज जोशी(अनन्त)ले मुख्य नाईके थिए । उतिहुने बेला बषौँसम्म शान्त रहेको कारण जोशी छुटे पछि श्रृङखलाबद्ध बबण्डर मच्चिएर कैदीबन्दी घाईतेदेखि अन्यन्त्र स्थानान्तरण मात्रै होईन कारागार युद्धमैदान बनिरहेको छ ।

१ सय १०दिनमा तीन पटक झडप भएपछि कारागारको झडप स्रोतमाथि बर्चस्वको लडाईले सर्वत्र चिन्ता उन्पन्न गराएको छ । तेस्रो पटक झडप भएपछि कारागारको सुरक्षा व्यवस्था बलियो बनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *