सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढ्यो :

अर्थ मुख्य खवर राजनीति विशेष समाचार

काठमाण्डौ – सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ५० रुपैयाँमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *