कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु, एक जना घाइते

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चानदेवस्थित आरक्षपीडित शिविरमा जंगली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शनिबार राति करिब २ बजे शिविरभित्र पसेको हात्तीले किसन सिंह साउदको घरमा आक्रमण गर्दा ६ वर्षीया रोजिना साउद (राेधी) र उहाँकी ५५ वर्षीया हजुरआमा पार्वती साउद घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको स्थानीयले बताए । यद्यपि उपचारकै क्रममा रोजिनाको आज (आइतबार)बिहान नवजीवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भने, घाइते पार्वतीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *