पुर्व गृहमन्त्री ५ महिनापछि जलेको पुर्खौली घरमा

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुग्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते उहाँको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए ।

आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेता समेत रहनु भएका पुर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिनुभयो ।

लेखकको काठमाण्डौंको नैकापमा रहेको घर, बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । भने महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरि उहाँ आश्रय लिइरहनुभएको छ । पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कार समेत गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *