विप्लव कञ्चपुरका युवा नेता प्रकास जप्रेल नेकपामा प्रवेस, प्रचण्डद्वारा स्वागत

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता प्रकास जप्रेल नेपाली कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन । बुधबार एक कार्यक्तमका विच नेकपा विप्लव निकट अखिल समाजवादीका केन्द्रीय महासचिव समेत रहेका युवा नेता जप्रेल नेकपामा प्रवेस गरेका हुन ।

नेकपा विप्लव कञ्चनपुर क्षेत्र ३बाट सिफारिस भएका नेता जप्रेल नेकपामा प्रवेस गरेको जनाएको छ । जप्रेल डेढ दशकदेखि विद्यार्थी राजनीतिमा विद्यालयदेखि केन्द्रसम्मै सकृय भएका नेता हुन । जप्रेंल सहित नेकपा (माओवादी)का संयोजक चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

नेकपा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबिच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ढकालसहितका नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन्। एकताको सहमतिपत्रमा नेकपाका संयोजक प्रचण्ड र नेकपा (माओवादी)का संयोजक ढकालले हस्ताक्षर गरेका छन्।

६ बुँदे सहमतिपत्रमा पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताको समितिगत हैसियत र जिम्मेवारी प्रदान आपसी सहमतिबाट तय गरिने उल्लेख छ। नेकपा संयोजक प्रचण्डले सबै कम्युनिष्ट घटक एकजुट हुनुपर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *