पूर्व प्रधानमन्त्री देउवा यसपटकको चुनावमा उम्मेदवार नबन्ने

मुख्य खवर राजनीति विशेष समाचार

काठमाण्डौ – पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार नबन्ने हुनुभएको छ । उहाँको स्वकीय सचिवालयकाले देउवा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।

प्रतिनिधिसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आउँदो चुनावमा देउवाले भाग नलिने जानकारी दिनुभएको छ ।

देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट उठ्दै र जित्दै आउनुभएको थियो । देउवा अहिलेसम्म सात पटक विजयी भइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *