कञ्चनपुर-आगामी २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका ३ वटै क्षेत्रमा निर्वाचन अधिकृतकाे कार्यालय खुलेका छन । शुक्रबार २ गते जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे हाे।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले क्षेत्र १ को बेलौरी, २ को झलारी र ३ को महेन्द्रनगरमा निर्वाचन अधिकृतका कार्यालय सञ्चालनमा आएको बताए ।
प्रजिअ कोइरालाले निर्वाचन क्षेत्र नम्बर १ को बेलौरी नगरपालिका, २ को शुक्लाफाँटा र ३ अर्थात् मुख्य निर्वाचन अधिकृतको कार्यालय भीमदत्त नगर नगर विकास समितिको भवनमा कार्यालय सञ्चालनमा आएको बताए । ‘हामीले केन्द्रीय कार्यक्रमअनुरूप जिल्लामा निर्वाचन अधिकृतका कार्यालय सञ्चालनमा ल्याएका छौँ,’ प्रजिअ कोइरालाले भने, ‘तीनै निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी खटाइसकेका छौँ ।’
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीलाई मुख्य निर्वाचन अधिकृतसहित क्षेत्र ३, जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरकै जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्ण्डारीलाई क्षेत्र २ र सर्वोच्च अदालतका इजलास अधिकृत दामोदर घिमिरेलाई क्षेत्र १ को निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।


