जनकपुरधाम-मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित एक-दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सुरु भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालबाट गोष्ठीको शुभारम्भ गर्न भएकाे हो। आजको गोष्ठीमा प्रदेशका ८ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुबाट जिल्लागत सुरक्षा अवस्था र आसन्न निर्वाचनका लागि सुरक्षा रणनीति र अवस्थाबारे बिस्तृत रुपमा छलफल हुने गृह मन्त्रालका उपसचिव एवं गृहमन्त्रीका निजी सचिव पर्शुराम पाेखरेलले जानकारी दिनु भयाे ।
बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी तथा प्रदेशका गृह, सँचार तथा कानुन मन्त्री फकिरा महतो र संघीय मन्त्रालय अन्तर्गतको गृह मन्त्रालयका गृह सचिव राजकुमार श्रेष्ठ, सहासचिव आनन्द काफ्ले र अन्य कर्मचारीहरुको उपस्थिति रहेको छ।

