कञ्चनपुर -१ (रास्वपा) बाट जनक सिंह धामि एकल सिफारिस, काे हुन युवा नेता धामी ?

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/महेन्द्रनगर- आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले युवा नेता जनक सिंह धामीलाई सर्वसम्मत सिफारिस गरेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरकाे पुस ४ गते बसेकाे पार्टीकाे पालिका देखि केन्द्र सम्मका प्रतिनिधिहरूकाे बृहत भेलाबाट युवा नेता धामीलाई कञ्चनपुर-१ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेकाे हाे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे अभियान तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य समेत रहेका नेता जनक सिंह धामिले रास्वपाकाे सुदूरपश्चिममा संगठन निर्माण देखिन पार्टी र जनताकाे पक्षमा रहेर काम गर्दै आईरहेका नेता हुन । जनताकाे समाजिक काममा सधै अग्रसर भएर काम गर्ने उनी सरल स्वभावका नेता मानिन्छन् ।

पार्टीका नेता तथा कार्यकर्ताहरूले उनकाे उचित मुल्यांकन गर्दै कञ्चनपुर १ बाट सर्व सम्मत रूपमा उनकाे नाम एकल सिफारिस गरेकाे हाे । पछिल्लो समय नेता धामिकाे पक्षमा कञ्चनपुर क्षेत्र नम्बर १ काे चुनावी माहाेल राम्रो बनेकाे देखिन्छ ।

युवा नेता धामिले क्षेत्रकाे विकासमा धेरै काम गर्नु पर्ने जिम्मेवारी रहेकाले क्षेत्र नम्बर १ काे भुगाेल र जनताकाे समस्याका सवालमा दृढ भएर काम गर्ने बताएका छन् । उनले भने “जनता सार्वभाैम हुन, पुराना पार्टीले अहिले सम्म के गरे ? जनताका पीडा उस्तै छन् ? पुराना नेता पद, पैसा र भ्रष्टाचारमा मात्र लिप्त भए ? अब समय आएकाे छ, उचित मुल्यांकन गरेर जनताले आफै फैसला गर्ने छन ।”

उनले भने “हाम्रो क्षेत्रमा आरक्ष पिडित, सुकुम्बासीका समस्या बर्षऔ भए जिउका तिउनै छन्, दाेदाकाे समस्या,बन्यजन्तुका समस्या, सिमा समस्या, सडक, शिक्षा,स्वास्थ्य, खानेपानी, तटबन्ध, लगायत थुप्रै समस्या रहेकाले ती समाधानका लागि काम गर्ने बताए ।”

जनताले विश्वास दिएर पठाएमा क्षेत्र विकासका सवालमा कुनै कसर बाकि नराखेर देश र जनताकाे पक्षमा स्वाभिमान पुर्वक काम गर्ने ईच्छा युवा नेता धामीले व्यक्त गरेका छन् । जनताकाे समाजिक काममा सधै अग्रसर भएर काम गर्ने उनी सरल स्वभावका नेता मानिन्छन्

काे हुन युवा नेता जनक सिंह धामि ?

कञ्चनपुर जिल्लाकाे बेलडाँडी गाउँपालिकाका वडा नम्बर-२ का स्थानिय समेत रहेका युवा नेता धामि नेपाली काँग्रेसमा ३ दशक बढि विभिन्न पद र जिम्मेवारीमा रहेर काम गरेर पार्टी परित्या गरी २०८० सालमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन ।  उनी रास्वपाकाे केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेकाे हातबाट टीका र दाेसल्ला लगाएर पार्टी प्रवेश गरेका थिए।

२१ औ सताब्दिमा पनि काँग्रेस पार्टी परम्परागत शैलिमा चलेको,यथास्थिति बादमा अगाडि बढेको,गुटबन्दिको चरम उत्कर्षमा पुगेको,भ्रष्टाचारमा लिप्त भएको,सबल, सक्षम, ईमान्दार, समर्पण,त्याग, योगदान जस्ता कुराको कुनै महत्व नभएको, पद र पैसाको लागि मात्र नेताहरु लागि परेकोले यो पार्टिबाट देश र जनताको जीवन उन्नति प्रगति नहुने देखिएको,सामाजिक रुपान्तरण र समुन्नत समाज निर्माण केवल नारामा मात्र सिमित रहेका कारण आफूले काँग्रेस पार्टी छाेडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आएर देश र जनताकाे पक्षमा काम गरिरहेकाे बताएका छन् ।

नेता धामि  बि.स.-२०४२ सालमा कक्षा-१० मा पढदा देखि काँग्रेस पार्टीमा जाेडिएका थिए । २०४६ सालको जन आन्दोलनमा सक्रिय पुर्वक लागि हिरासतमा बसेको उनि  नेपाल विद्यार्थी सँघको सिद्धनाथ बहुमखि क्याम्पसको ईकाई अध्यक्ष, हुँदै नेपाली काँग्रेस पार्टिको क्षेत्रिय सभापति, जिल्ला सदस्य भई हाल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिको भुमिकाकाे जिम्मेवारीमा रहेर काम गरि सकेका थिए । १४ औ महाधिवेशनमा जिल्ला सचिवमा झिनाे मतान्तरले पराजित भएका थिए ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा हुलाकि सडक निर्माणमा भएकाे लापरवाहि र ढिला सुस्तिका विरूद्व दैजी देखि डाेकेबजार सम्म ६५ किलाेमिटर पैदल यात्रा समेत उनीकै नेतृत्वमा भएकाे थियाे । त्यस पश्चा सरकारकाे ध्यान पुगेपछि निर्माण कम्पनीले काम गरेकाे थियाे । यस्ता समाजिक कामका कयाै उदारहण नेता धामिका छन् ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी अभियान तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य रहेर पार्टीमा सकृय रूपमा काम गर्दै आईरहेका पार्टी भित्र र बाहिर लाेकप्रिय नेता रूपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *