एमाले उप-महासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपा प्रवेश, भन्छन सुप प्रदेशमा १ नम्बर पार्टी बनाउँछु

समाचार

कञ्चनपुर, पुष ९-नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टका सहोदर भार्ई गोर्कण भट्ट राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस गरेका छन । एमाले सुदूरपश्चिमका नेता समेत रहेका भट्टले रास्वपा प्रवेस गरेका हुन ।

रास्वपा नेताद्वय ज्ञानेन्द्र सिह महता, डा. जनकराज पन्त सहितका नेताहरुको विशेष पहलमा एमाले नेता एव कैलालीका उद्यमी भट्ट रास्वपामा प्रवेस गरेको जनाएको छ । भट्टलाई रास्वपा नेता दिपक बोहराले पाटीमा प्रवेस गराउँदै स्वागत गरेका थिए ।

आइतबार एक कार्यक्रमका विच एमाले नेता भट्ट सहितका सयौँ एमाले नेता कार्यकर्ताहरुले पाटी प्रवेस गरेको रास्वपाले जनाएको छ । रास्वपा सुप प्रदेशका युवा नेता ज्ञानेन्द्र महताले एमाले नेता भट्ट सहित डेढसयले पाटी प्रवेस गरेको बताए ।

गत कार्तिकमा एमाले सुप प्रदेशका सचिवालय सदस्य समेत रहेका भट्टले एमालेमा गुटबन्दी, अवसरवाद, धनवाद, डनबार, यौनवाद जस्ता प्रवृति हावि भएकाले आफु जस्ता सच्च ईमान्दारले त्यहाँ टिक्न नसक्ने भन्दै पाटी परित्याग गरेका थिए । रास्वपा प्रवेस गर्दै गोर्कण भट्टले रास्वपालाई सुप प्रदेशमा १नम्बर पाटी बनाउने घोषणा गरेका छन ।

एमाले नेता भट्टले भ्रष्टाचार बिरुद्धमा थालिएको आन्दोलनका क्रममा भदौँ २३ र २४ गते नेपाली जनताका कलिला सन्तानमाथि गोली बर्साउने काम भयो, त्यसको तत्तकालिन प्रधानमन्त्री एव एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले क्षमायचना गर्ने अपेक्षा गरेपनि उल्टै उनीहरुमा दम्भ घमण्ड पलाएपछि घृणा उत्पन्न भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *