महेन्द्रनगर-अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको अध्यक्षमा प्रकास भट्ट निर्वाचित भएका छन । शनिबार बेलौरीमा सम्पन्न भएको अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट निर्वाचित भएका हुन ।
निर्वाचन अधिकृत अशोक पाण्डेयले अध्यक्ष, सचिवमा निर्वाचन र बाँकी पदहरुमा निर्बिरोध पदाधिकारी चयन गरिएको बताए । उनका अनुसार अध्यक्ष पदका उम्मेबार प्रकास भट्टले आफ्ना प्रतिस्पर्धी सुरज श्रेष्ठलाई १० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । भट्टले १७ र श्रेष्ठले ७ मत ल्याएका छन ।
सचिवमा सन्तोष धानुक निर्वाचित भएका छन । धानुकले आफ्ना निकटकतम प्रतिस्पर्धी केशव भट्टलाई ७ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन । धानुकले १७ र भट्टले ७ मत ल्याएका थिए । उपाध्यक्ष लाल बहादुर सार्की,सहसचिव दिनेश चौधरी,कोषाध्यक्ष सरिता चौधरी, सदस्य केशव भट्टराई,पवन जोशी,महेन्द्र सिह भाट,रुपेश विक निर्बिरोध निर्वाचित भएका छन ।
निर्वाचन अधिकृत पाण्डेयले कुल २७ मतदाता मध्ये २४मत खसेको बताए । अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका युवा पत्रकार प्रकास भट्टले जिल्लाका अनलाईन पत्रकारको हकअधिकारका पक्षामा दृढ भएर काम गर्ने प्रण गरेका छन् ।

