रमेश प्रशाद भट्ट/कञ्चनपुर-राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) भीमदत्त नगरकोे सभापतिमा दिनेश प्रशाद भट्ट निर्वाचित भएका छन ।
रास्वपा भीमदत्त नगरपालिकाको प्रथम नगर अधिवेशन सोमबार सम्पन्न भएको निर्वाचनमा भट्ट आफ्नो तीन प्रतिस्पर्धीलाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।
भट्टले निकटतम प्रतिस्पर्धी योगेश कुमार शाहीलाई ४ मतकोे अन्तरले हराउँदै नगर नेतृत्वमा पुगेका हुन ।
भट्टले ५०, शाहीले ४६, अर्का प्रतिस्पर्धी अम्बादत्त जोशीले ४ र बिरेन्द्र प्रशाद तिवारीले ३मत पाएका थिए । यस्तै सचिवमा पनि यज्ञराज भट्ट निर्वाचित भएका छन । उनले निकतम प्रतिस्पर्धी निरज भट्टलाई ५मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका हुन ।
यज्ञराजले ५३, निरजले ४८मत ल्याएका थिए । २सय १० मतदाता मध्ये १सय ११मत खसेका थिए । १सय ४सदर मध्ये ७मत बदर भएका थिए । यस अघि २७पुषमा अधिवेशनबाट अन्य पदाधिकारी एव सदस्यमा सर्वसम्मत चयन भएका थिए ।
नगर उपसभापतिमा सुमन कुँवर,सहसचिव मोहन सिह साउद, सदस्यहरु नर बहादुर कार्की, हरक सिह कार्की,केशव साउद, पुनम चौधरी,हेमराज भट्ट, प्रकास बोहरा यस अघि नै सर्वसम्मन भएका थिए । बिरेन्द्र सिह साउद, जगत ब. सिह,पदम बहादुर विष्ट, प्रदेश प्रतिनिधी शंकर साउद, शान्ति प्रशाद भट्ट, केन्द्रीय प्रतिनिधी राजेन्द्र सिह साउद, देवसिह ऐरी,यज्ञराज जोशी रहेका छन ।
रास्वपा कञ्चनपुरको भीमदत्त नगर नेतृत्व चयनका लागि पहिलो पटक चुनावी लोकतान्त्रिक प्रकृया अबलम्बन गरिएको थियो । रास्वपा भीमदत्त नगरको सभापतिमा चुनावी प्रकृयाबाट चयन भएका दिनेश प्रशाद भट्टले पार्टिलाई अघि बढाउने जनाएका छन ।
उनी लामाे समय बैदेशिक राेजगारीमा काेरिया देखि फर्किएका युवा हुन । विदेशबाट फर्किएर भट्ट रास्वपा पार्टीमा निष्ठापुर्वक सकृय रूपमा जुटेका थिए ।
रास्वपा भिमदत्त नगरकाे पार्टी कार्यालयमा दिउसाे करिब ३ बजेबाट बेलुका ५ बजेसम्म मतदान प्रकृया भएकाे थियाे २ सय दस जम्मा सदस्य रहेकाेमा १ सय ११मत खसेका थिए । जसमा १ सय ४ मत सदर ७ मत बदर भएका थिए ।


