रास्वपा भिमदत्त नगर सभापतिमा दिनेश र सचिवमा यज्ञराज विजयी

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर– राष्ट्रिय स्वतन्त्र पार्टी भिमदत्त नगरकाे सभापति र सचिव पदका लागि भएकाे निर्वाचन सम्पन्न भएकाे छ । साेमबार रास्वपा भिमदत्त नगरकाे पार्टी कार्यालयमा सम्पन्न निर्वाचनबाट सभापतिमा ५० मत ल्याएर दिनेश प्रसाद भट्ट विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी याेगेश कुमार शाहीले ४६ ल्याए । यस्तै अम्बा दत्त जाेशी ४ मत, र  विरेद्र प्रसाद तिवारी ३ मत ल्याएका थिए ।

सचिव पदमा ५३ मत ल्याएर यज्ञराज भट्ट विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी निरज भट्ट ४८ मत ल्याएका थिए ।

आज रास्वपा भिमदत्त नगरकाे पार्टी कार्यालयमा दिउसाे २ बजेर ३० मिनेट देखि बेलुका ५ बजे सम्म मतदान प्रकृया भएकाे थियाे । यस अघि अन्य पदाधिकारी सर्व सम्मत चयन गरिएकाे रास्वपा भिमदत्त नगरका निवर्तमान सभापति अम्बा दत्त जाेशीले बताउनु भयाे ।

२ सय १० जना सदस्य रहेकाे भिमदत्तमा आज भएकाे निर्वाचनमा जम्मा १ सय ११ मत खसेका थिए । जसमा १ सय ४ मत सदर भएका थिए, भने ७ मत बदर भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *