रास्वपा भिमदत्तकाे नेतृत्व छान्न निर्वाचन, २ सय १० जनाले चुन्दैछन् सभापति र सचिव

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- राष्ट्रिय स्वतन्त्र पार्टी भिमदत्त नगरकाे सभापति र सचिव पदका लागि अहिले निर्वाचन जारी छ  ।

शनिबार भिमदत्त नगरकाे प्रथम अधिवेशन सम्पन्न गरेकाे रास्वपाले अन्य पद सर्वसम्मत चयन गरे पनि सभापति र सचिव पदमा सहमति नजुटेपछि आज निर्वाचनका मध्यमले नेतृत्व चुनिदै गरेकाे हाे ।

सभापतिका लागि ४ जना र सचिव पदका लागि २ जनाकाे उम्मेदवारी परेकाे छ । सभापति पदमा अम्बा दत्त जाेशी, विरेद्र तिवारी, याेगेश कुमार शाहि, दिरेश भट्ट छन् । भने सचिवमा निरज भट्ट र यज्ञराज भट्टकाे उम्मेदवारी परेकाे छ ।  २ सय १० सदस्यहरूले चुन्नेछन् नेतृत्व । निर्वाचन बेलुका ५ बजे सम्म चल्नेछ ।

जाेशी निवर्तमान सभापति हुन । भने तिवारी मेडिकल व्यसायी हुन भने शाहि नेपाली सेनाका पुर्व मेजर , भटयुवा नेता हुन ।

अहिले रास्वपा भिमदत्त नगरकाे कार्यालय ऐठपुरमा निर्वाचन जारी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *