प्याब्सन भिमदत्तनगरकाे दाेस्राे नगर परिषद तथा छैटौं बार्षिक साधारण सभा सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर -निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) भीमदत्त नगरपालिकाको दाेस्राे नगर परिषद तथा छैटौं बार्षिक साधारण सभा कार्यक्रम भएको छ ।

शनिबार महेन्द्रनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) भीमदत्त नगरपालिकाको दोस्रो नगर परिषद भेला तथा छैटौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्याब्सनकर्मीहरुले विद्यालयको शैक्षिक गुणस्तरदेखि हक अधिकारका विषयमा छलफल गरेका छन । प्याब्सन भीमदत्त नगरका सभापति उपेन्द्र प्रशाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन सुप प्रदेशका उपाध्यक्ष शमरजंग बहादुर चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष महादेव भट्ट सहितको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रमुख अतिथि चन्दले सिपयुक्त प्रविधि मैत्री शिक्षामा जाेड दिनु पर्ने समयमा सरकारले साेहि अनुसारकाे शिक्षा ऐन ल्याउन नसकेकाे बताए ।

प्याब्सन नगर सचिव हरिसिह ठगुन्नाले संचालन गरेको कार्यक्रममा सरोकारवालाहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *