रमेश प्रसद भट्ट/कञ्चनपुर- जिल्लामा सशस्त्र प्रहरीले तस्करी माथि एक्सन चलाएसंगै एकैदिन झण्डै ९ लाख बराबरकाे अबैध समान बरामद् गरेकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म गड्डाचाैकिले भिमदत्त ५ बनगाउँ क्षेत्रबाट आईतबार एकै दिन झण्डै ८ लाख ८७ हजार २ सय ६० रूपयाँ बराबरकाे भन्सार छलीकाे अबैध समान बरामद गरेकाे हाे ।
विशेष सुचनाकाे आधारमा प्रस्तावित सिमा सुरक्षा गुल्म गड्डाचाैकीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक जनक राज उपाध्यायकाे कमाण्डमा खटिएकाे ७ जनाकाे टाेलीले उक्त मूल्य बराबरका हार्डवेयरका समान, किराना, माेवाईलका कभर र कपडा बरामद् गरेकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख एसपि लाेकेद्र देव भट्टले कञ्चनपुर खबरलाई बताउनु भयाे । बरममद समानलाई आजै गड्डाचाैकि भन्सार कार्यालय पठाईएकाे उनले बताए ।
उनले अगाडि भने “सिमा क्षेत्रमा तस्करी माथि निगरानी उच्च राखेका छाै, जिल्लाका सबै वर्डर आउट पाेष्ट र मातहतका सबै युनिटले उपलब्धिमुलक कार्य गरिरहेका छन् ।”
गत कार्तिक महिनामा डेढकराेड बढिकाे अबैध समान बरामद् गरेर भन्सार कार्यालय गड्डाचाैकि पठाएका थियाै, उनले भने `यस मंसिर महिनाकाे आज १४ गते सम्म करिब ४८ लाख बराबरका भन्सार छलीका अबैध समान बरामद गरेर आवश्यक कार्वाहिका लागि गड्डाचाैकि भन्सार कार्यालय पठाएका छाै ।´
सिमा क्षेत्रमा गैरकानुनी कार्य निस्तेज गर्न सिमा क्षेत्रमा स्थानिय नागरिक, जनप्रतिनिधि सराेकारवाला पक्षहरूसंग समेत बेला बेलामा छलफल र अन्तरक्रिया गर्ने गरेकाे सशस्त्र प्रहरी उपरिक्षक भट्टले बताउनु भयाे ।
जिल्लाका सबै युनिटहरू मध्ये प्रस्तावित सुरक्षा गुल्म गड्डाचाैकिले उच्च मात्रमा भन्सार छलीका समान बरामद गर्दै आएकाे छ ।
विज्ञापन


