यि हुन कञ्चनपुरबाट एमाले महाधिवेशन प्रतिनिधीका आँकाक्षी

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर, मंसिर ११-आउँदो २७देखि २९गतेसम्म काठमाण्डौँमा हुने नेकपा एमाले ११औँ महाधिवेशनका लागि कञ्चनपुरमा पनि महाधिवेशन प्रतिनिधी छनौट शुरु भएको छ । क्षेत्र ३मा महिला कोटाबाट चिनी गिरी मात्रै निर्बिरोध भएकी छिन । भने, क्षेत्र १मा मन्त्रीदेखि युवाहरु महाधिवेशन प्रतिनिधीका लागि चुनावी मैदानमा उत्रिएका छन ।

सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा(पातल), एमाले जिल्ला सचिव पल्लवराज भट्ट, पुर्व जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्ग, लाल बहादुर चौधरी, महिला तर्फ पूर्ण कुमारी गुरुङ्ग, शान्ति तामाङ्ग, कल्पना गिरी, कमला चौधरी र युवा तर्फ सुरेन्द्र शाही, कमल कुमार रोकाया र काशीराम बोहरा रहेका छन । नेकपा एमाले क्षेत्र १ कञ्चनपुरका युवा नेता शंकर भट्टले सहमतीय आधारमा महाधिवेशन टुङग्याउने प्रयास भईरहेको बताए । क्षेत्र २ मा पनि आँकाक्षी बढि देखिएका छन ।

एमाले युवा नेता जगत सिहका अनुसार जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उपसचिव अशोक चन्द, गणेश सिह ऐरी, जगत बचन बहादुर सिह, लोकराज पन्त, लोकेन्द्र ऐरी, कर्ण बहादुर हमाल, शुशिला सिह, पार्वती जोशी, लक्ष्मी विक, कुबेर खडका, गणेश सिह ऐरी, रमेश भट्ट, नरेश सिह, सानु मल्लले उम्मेदवारीदिएका छन ।

क्षेत्र ३ बाट पार्टि उपाध्यक्ष जनकराज अवस्थी, महेश प्रसाद पन्त, किशोर कुमार लिम्बु, विष्णु कँडेल, ओम बस्नेत, केशव चन्द, श्याम भट्ट, नरेन्द्र कार्की, ओमकार पन्तले उम्मेदवारी दिएका छन । शनिबार महाधिवेशन प्रतिनिधी एकसाथ छनौट गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *