बेलडाँडी,कञ्चनपुर-जिल्लाकाे बेलडाँडी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे क्रेज दिन प्रतिदिन बढन थालेकाे छ । अन्य दल प्रती वितिष्णा पैदा भएर रास्वपा पार्टीम प्रवेश गर्नेकाे लर्काेनै लागेकाे पाईन्छ ।
मंगलबार मात्रै नेकपा एमालेकाे गड मानिने बेलडाँडी गाउँपालिका वडा नम्बर ४ बैवाहामा दर्जन बढि रास्वपा पार्टीमा प्रवेश गरेकाे रास्वपा बेलडाँडी सभापति तेज सिंह धामिले कञ्चनपुर खबरलाई बताउनु भयाे ।
उनका अनुसार पार्टी प्रवेश गराउने क्रममा नेकपा एमाले, काँग्रेस,माओवादी र अन्य स्वतन्त्र नागरिक बढि रहेका छन् । हिजाे बैवाहाबाट एमालेका नेता रतन सिह खड्का सहित एक दर्जन बढि नागरिक रास्वपा पार्टी प्रवेश गरेकाे बताउनु भयाे । साे वडामा एमालेबाट दुई पटक निर्वाचित वडा अध्यक्ष वीर बहादुर खडका छन् । बेलडाँडीमा सबै भन्दा बढि एमाले कार्यकर्ता भएकाे वडाकाे रूपमा उक्त वडा चिनिन्छ ।
पछिल्लो समय देश भ्रष्टाचारकाे दलदलमा फसेकाे बेला परिवर्तन चाहाने विभिन्न क्षेत्रका नागरिकले रास्वपा पार्टीलाई राेज्ने गरेकाे सभापति धामिकाे भनाई छ ।
यसरी जनताकाे घरदैलाेमा रास्वपा जान थालेपछि स्वस्फुर्त रूपमा पार्टीमा आउनेकाे संख्या उलेख्य रहेकाे सभापति धामिकाे भनाई छ । उक्त पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता जनक सिंह धामि, सहित रास्वपाका अन्य नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।


