महेन्द्रनगरमा राेयल बिग मास्टर वाईन कार्यक्रम

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर– कञ्चनपुरकाे महेन्द्रनगरमा रोयल बिग मास्टर वाइन कार्यक्रमकाे आयोजनामा भएको छ । शनिबार महेन्द्रनगरमा होलसेल ग्यादरिङ कार्यक्रम सम्पन्न भएको हाे ।

शुक्रबार धनगढिमा गरिएकाे कार्यक्रमका पश्चात् शनिबार महेन्द्रनगरकाे झिर रेन्टुरेरेन्ट एण्ड बारमा राेयल बिग मास्टर वाईन कार्यक्रम गरिएकाे कम्पनीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर जिस्म चापागाइँले बताउनु भयाे ।

उनका अनुसार कम्पनीले १० वर्षदेखि निरन्तर वितरण सेवा प्रदान गर्दै आएको र आगामी दिनमा उत्पादन र सेवाको दायरा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए।

उहाँले भने “हामिले अरू भन्दा पनि वाईनकाे गुणस्तर, बजार क्षेत्रकाे विस्तारमा जाेड दिएर अझै व्यवस्थापनलाई राम्रो बनाएर अघि जाने याेेजना छ ।” अहिले देशका एक सय स्थानमा थाेक विक्रेताका रूपमा डिलर रहेकाे उनले बताए ।

कार्यक्रममा नेशनल सेल्स म्यानेजर हरि बास्तोलाले कम्पनी स्थापना भएको १४ वर्ष पूरा भएको स्मरण गर्दै देशभर करिब ५० प्रतिशतभन्दा बढी बजार क्षेत्रमा कम्पनीको सञ्जाल फैलिएको बताए। उनले स्वाद र गुणस्तर अझै उकास्ने लक्ष्यसहित बजारको मागअनुसार मिनि बोतल बजारमा ल्याइएको जानकारी गराए।

उनका अनुसार हाल ४ लिटर र ७०० एमएलका वाइन उत्पादन भइरहेकोमा अब ३७५ एमएलका बोतल पनि बजारमा उपलब्ध गराइनेछ।

महेन्द्रनगरमा लक्ष्मी सप्लायर्सले थाेक विक्रेताका रूपमा बजारमा काम गरिरहेकाे छ । लक्ष्मी सप्लायर्सका प्रतिनिधि कमलेश पाण्डेले अहिले बजारमा विक्रि राम्रो रहेकाे र माग अनुसार बजारमा आपुर्ति गरिरहेकाे बताए । अरू वाईन भन्दा गुणस्तर राम्रो भएकाले माग समेत उच्च रहेकाे उनकाे भनाई छ ।

महेन्द्रनगरमा विगत १८ बराबरी देखि मदिरा व्यवसायी गरिरहनु भएका राहुल भट्टले बजारमा विग मास्टर वाईन राम्रो रहेकाे र यसका लागि कमपनीलाई धन्यावाद व्यक्त गरेका थिए ।

कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख महेश पाण्डे, धनगढि डिलरका म्यानेजर गाेविन्द भट्ट, मदिरा व्यवसायी, सहितकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *