धनगढी– रोयल बिग मास्टर वाइनको आयोजनामा भएको होलसेल ग्यादरिङ कार्यक्रम कैलालीमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर जिस्म चापागाइँले कम्पनीले १० वर्षदेखि निरन्तर वितरण सेवा प्रदान गर्दै आएको बताउँदै आगामी दिनमा उत्पादन र सेवाको दायरा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए।
कार्यक्रममा नेशनल सेल्स म्यानेजर हरि बास्तोलाले कम्पनी स्थापना भएको १४ वर्ष पूरा भएको स्मरण गर्दै देशभर करिब ५० प्रतिशतभन्दा बढी बजार क्षेत्रमा कम्पनीको सञ्जाल फैलिएको बताए। उनले स्वाद र गुणस्तर अझै उकास्ने लक्ष्यसहित बजारको मागअनुसार मिनि बोतल बजारमा ल्याइएको जानकारी गराए।
उनका अनुसार हाल ४ लिटर र ७०० एमएलका वाइन उत्पादन भइरहेकोमा अब ३७५ एमएलका बोतल पनि बजारमा उपलब्ध गराइनेछ।
कार्यक्रमका प्रमुख अतिथि तथा मदिरा व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम धामीले होलसेल व्यवसायी र कम्पनीबीचको सम्बन्ध सुमधुर रहेको बताए।उनले बजार विस्तारका लागि सहकार्य आवश्यक रहेको भन्दै व्यवसायी संघ सधैं साथ र सहयोग गर्न तयार रहेको बताए।
त्यसैगरी होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवराज पाण्डेले प्रदेशको पर्यटन तथा आतिथ्य क्षेत्रसँग मदिरा उद्योगको पनि महत्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै होटल व्यवसायी संघले आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता जनाए।
कार्यक्रममा स्वागत मन्तव्य प्रमान्नद भट्टले प्रस्तुत गरेका थिए।कार्यक्रमको अन्त्यमा रविन ट्रेड एण्ड सप्लायर्स, कुँवर लिक्र्स, र रिजनेवल फ्राइन्सिप कन्सर्नलाई विशेष सम्मान प्रदान गरिएको थियो।
साे कार्यक्रममा लकी ड्राे पनि राखिएकाे थियाे। जसमध्ये प्रथम पुरस्कारमा १५ हजार द्वितीय पुरस्कार १० हजार, तृतीय पुरस्कार ९००० बराबरको पुरस्कार एक एक कार्टुन वाइन वितरण गरियो।
लक्कि ड्राेमा प्रथममा मिश्र टेड्र सप, दोस्रोमा त्रिनेत्र सुपरमार्केट , तेस्रोमा धनगढी साथि मार्ट भएकाे कम्पनीका म्यानेजर कर्मचारी गाेविन्द भट्टले जानकारी दिनु भयाे ।

