रमेश प्रशाद भट्ट/कञ्चनपुर, मंसिर ४- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिरामी पत्रकार सुरेश सिह धामीको उपचार खर्च सहयोग गरेको छ । जिप्रकाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च दिएको हो । क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीलाई जिप्रका कञ्चनपुरले उपचारका लागि आर्थिक सहयोग गरेको हाे।
पत्रकार महासंघका अध्यक्ष धामीको जिवन रक्षाका लागि जिप्रकाले खाजा खर्च घटाएर मानविय सहयोग गर्ने उदेश्यका साथ नगद १५ हजार औषधी खर्च सहयोग गरेको हो ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले समाजिक क्षेत्रमा कार्यरत पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका टेवा पुर्याउने उदेश्यका साथ सक्दो उपचार सहयोग गरेको बताए । जिप्रका त्यस्तो सहयोग गर्ने बजेट नभएपनि ईच्छुक साथीहरुबाट संकलन भएको रकम सहयोग गरेको बताए ।

