जोलजिवी अन्तराष्ट्रिय ब्यापार मेलाको बदलिदो स्वरुप र पर्यटन विकासको सम्भावना

मुख्य खवर राजनीति विशेष समाचार

परिचय-दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका ७ जोलजिवी गाउ प्राकृतिक रुपमा, नेपाल भारत सीमानदी महकाली तथा गोरी संगम, ब्यापारिक रुपमा, नेपाल भारत र चिनको ऐतिहासिक महत्व भएको जोलजिवी मेला, पर्यटकीय रुपमा, मालिकार्जुन देशको सातौधाम, उकुमहलको भग्नावशेष, धार्मिक महत्वका प्राचिन मन्दिरहरु, कैलास मानसरोवर तथा अपिहिमाल पर्यटकीय क्षेत्र जाने महाकाली कोरिडोर मार्ग, सास्कृतिक पहिचान र सवै जातजातिको वसोवास रहेको एक सुन्दर गाउँ जोलजिवी समयक्रम र आधुनिक विकास अवस्था परिवर्तन संगै एक पर्यटकीय स्थलको रुपमा विकासको सभावना वोकेको छ ।

जोलजीवीमा प्राचिन काल देखि नेपाल भारत र चिनको स्वशाशित क्षेत्र तिव्वत समेतको अन्तर्राष्ट्रिय धार्मिक मेलाको रुपमा शुरुवात भए पनि पछि १८ औ सताव्दीमा यस क्षेत्रको ब्यपारिक मेलाको रुपमा विकसित भयो जहा नेपाल भारत र तिव्वत ब्यापारिक केन्द्र रहेको छ । अहिले यायायात संचारकै विकासले दैनिक उपयोगका वस्तु गाउ गाउमा उपलब्ध हुने अवस्था सृजनाको अवस्थाले खासै ब्यापार भएको दैखिदैन ।अव यातायात र संचार विकास संगै यो अन्तर्राष्ट्रिय मेलालाई पर्यटन र सास्कृतिक केन्द्रको केन्द्रको रुपमा विकास गर्नु पर्छ ।


पर्यटन विकासको सभावना

२०७५ साल देखि मालिकार्जुन गाउपालिकाले नेपाल तिर मेला ब्यवस्थापन गर्दै आएको छ । अव यो क्षेत्रको पर्यटनको विकासका लागि पुर्वाधार निर्माण गर्न स्थानीय प्रदेश र नेपाल सरकारले ध्यान दिनु पर्ने आवश्यकता रहेको छ । अहिले पर्यटन विकास केवल मठ मन्दिरको मात्रैले पुग्दैन । गाउमा १० जना पर्यटक आए खानपिन र वास ब्यवस्थापन गर्न सक्ने अवस्था छैन । यहा पर्यटकको वास गर्ने कुनै होटल वा होम स्टे उपलब्ध छैनन ।

यस क्षेत्रका पर्यटकीय गाउहरुमा पर्यटकहरुको वास तथा खानपिन सुविधाहरुको लागि होम स्टे निर्माण र प्रर्वद्धन पर्यटक ओसार पसारका लागि पर्यटकीय वाहनको ब्यवस्थापन, पर्यटक सुचना केन्द्र स्थापना तथा स्थानीय कला संस्कृति विकास र सरक्षणका गरी ग्रामीण पर्यटनको विकासका लागि मालिकार्जुन गाउपालिकाको ७ जोलजिवीमा पर्यटन पुर्वाधार विकास तथा रोजगार आयोजना संचालनको आवश्यकता रहेको छ ।

साझा विकासका लागि दलगत राजनीति र स्वार्थ त्यागी आग्रह पुर्वाग्रह भन्दा माथि उठि पर्यटन विकास मार्फत रोजगारी सृजना अहिलेको आवश्यकता हो । गत वर्ष देखि जोलजिवीलाई पर्यटन र सस्कृतिको केन्द्रको रुपमा विकास गर्ने अवधारणाको शुरुवात गरिएको छ । यो अवधारणालाई अगाडी वढाउन यस क्षेत्रका जनप्रतिनिधि प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पुर्व मन्त्री लक्ष्मी विकको पहलमा पर्यटन विकासका लागि निम्न कार्य गर्ने योजना वनाईएको छ ।
क- होम स्टे निर्माण तथा प्रवर्द्धन कार्यक्रम – पर्यटकहरुको आवास तथा खानपिन ब्यवस्थापनका लागि होम स्टे निर्माण तथा प्रर्वद्धन कार्यक्रम अन्तरगत (जोलजिवी सामुदायिक पर्यटकीय होम स्टे निर्माण) र संचालन गर्ने तथा पर्यटन क्षेत्रका गाउमा शौचालय, पदमार्ग निर्माण, खानेपानी, विधुत ईन्टरनेट तथा पर्यटक सुचना केन्द्र स्थापना गर्ने ।

ख- पर्यटन प्रर्वद्धन तथा बजार पहुच – आन्तरिक तथा वाह्य पर्यटकहरुको आवत जावतका लागि सार्वजनिक तथा निजी साझेदारीमा प्रदेश सरकारको अनुदानमा पर्यटकीय वाहन संचालन गर्ने, डिजिटल मञ्च वेवसाईड एप्स निर्माण राष्ट्रिय अन्तराष्ट्रिय मेलामा सहभागीता तथा जिल्लाका पर्यटकीय महत्व रहेका स्थानको प्रचार प्रसार सामाग्री वनाई प्रचार गर्ने ।
ग- क्षमता अभिवृद्धि –आतिथ्थता, खाना पकाउने, गाईड तालिम कृषि उत्पादन हस्तकला तथा हातले बनाईने वस्तु तालिम
घ- ब्यवस्थापन संरचना – जोलजिवी पर्यटन विकास समिति गठन गरी सार्वजनिक सामुदायिक साझेदारी मोडलमा प्रदेश सरकारले ग्रामिण पर्यटन राेजगार याेजना संचालन गरिनु पर्छ ।
ङ- एतिहासिक जोलजिवी ब्यापारिक, सांस्कृतिक तथा पर्यटकीय मेला प्रर्वद्धन – करिव २०० वर्ष ईतिहास वोकेको यस क्षेत्रको प्रसिद्ध जोलजिवी मेलालाई पर्यटकीय मेलामा रुपान्तरण गर्ने ।

६-संभावित रोजगारीका क्षेत्रहरु – होम स्टे संचालन र स्थानीय गाईडको हस्तकला तथा परम्परागत उत्पादन र स्थानीय कृषि उत्पादनको क्षेत्र सास्कृतिक प्रस्तुति /लोक कार्यक्रम

ऐतिहासिक सिहावलोकन

जौलजीबी मेला (Jauljibi Mela) हिमालय क्षेत्रको एक प्राचीन, ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण व्यापारिक मेला हो। भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्ला र नेपालको दार्चुला जिल्लाको सीमामा अवस्थित जौलजीबी गाउँमा महाकाली र गोरी नदीको संगममा आयोजना हुन्छ।

यो मेलाको स्थापना सन् १९१४ मा अस्कोटका तत्कालीन राजा गजेन्द्र बहादुर पाल ले गरेका थिए,तर केही अन्य स्रोतले यो मेला सन् १८७१ मा राजा पुष्कर पाल ले सुरु गरेको उल्लेख गर्दछन् । उनले सीमान्त क्षेत्रमा व्यापारिक गतिविधि बढाउन, र स्थानीय जनतालाई टनकपुर वा अल्मोडा जस्ता टाढाको बजारमा पुग्नुपर्ने अवस्था समाप्त गर्न यो मेला सुरु गरेका थिए । मेलाको आयोजनाको लागि उनले भारतका आगरा, मथुरा, बरेली, दिल्ली, मुरादाबाद, काशीपुर, रामनगर लगायतका सहरहरूबाट व्यापारीहरूलाई आमन्त्रित गरेका थिएजौलजीबीमा ज्वालेश्वर महादेव को प्राचीन मन्दिर रहेको छ ।

यस क्षेत्रको धार्मिक महत्व पनि मेलाको उत्पत्तिको एक प्रमुख आधार हो। मार्गशीर्ष महिनाको वृश्चिक संक्रान्तिको दिन काली-गोरीको संगममा स्नान गरी मेला सुरु हुने परम्परा रहेको छ । सुरुमा यो मेला एक धार्मिक तथा व्यापारिक समागमको रूपमा सुरु भएको थियो।

प्राचीन व्यापारिक मार्ग: हिमालय क्षेत्रमा ईसा पूर्व १००० देखि नै तिब्बत, नेपाल, भारत र मध्य एसियाबीच व्यापारिक मार्गहरू थिए। जौलजीबी महाकाली नदीको संगम (काली र गोरी गंगा नदीको मिलन) मा पर्छ, जसलाई प्राचीन “काली-गोरी संगम” भनिन्छ ।

::::::लेखक,डी आर लोहार:::::: उहाँ न्याय क्षेत्रमा लामाे समय देखि अधिकृत स्तरमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *