महेन्द्रनगरमा विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण।

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर-इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ।

शनिबार बेलुका एक कार्यक्रमका बीचमा स्व.विपिनकाे घर भएकाे स्थान भीमदत्त नगरपालिका-३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’नामाकरण गरिएको हो। कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो।

कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरेका छन् ।

उनेले भने हाल स्थानीयवासीसहितको चाहनामा वडामा विपिन चोक नामाकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल हुने बताए ।

दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीबासीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *