महेन्द्रनगरबाट २९ लाख बराबरका पटका सहित एकजना पक्राउ,आजै बरामद् पटका नष्ट

Uncategorized

महेन्द्रनगर-कञ्चनपुरमा  विस्फोटक पदार्थ पटका सहित एक जना पक्राउ परेका छन्।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भीमदत्त नगरपालिका–३ का खडक पालको घरमा छापा मार्दा ठुलाे परिमाणमा पटका सहित मानिसलाई पक्राउ गरेकाे हाे ।

विज्ञापन पक्राउ पर्नेमा घर धनी ४९ बर्षिया पाल रहेका छन् । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा पालको घरमा छापा मारेको थियो।

पालको घरबाट २८ लाख ९८ हजार ६ सय ५० रुपैयाँ मूल्यका विभिन्न प्रकारका पटका बरामद गरिएको कञ्चनपुरका प्रहरी उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी बताउनु भयाे ।

उनले भने “ठुलाे मात्रामा पटका सहित गैरकानुनी कार्यमा संलग्न व्यक्ति सहितलाई कानुननी दायरामा ल्याएका छाै ।”  तिहारका समयमा यस्ता गतिविधि नियन्त्रण गर्न जिल्ला भरीका सबै प्रहरी युनिटलाई निर्देशन गरेकाे छु, प्रहरी उपरिक्षक खत्रीले भने ।

बरामद पटकालाई आजनै पत्रकारहरूकाे रहाेबरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे परिसरमा नष्ट गरिएकाे छ। घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको उहाँकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *