काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच नवपदोन्नती भएका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।

एक विशेष कार्यक्रमका माझ चार एआईजीलाई दर्ज्यानी चिन्ह लागाएका हुन ।
दर्ज्यानी चिन्ह प्राप्त गर्ने एआईजीहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्।
आईजीपी खापुङले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै संगठनको विकास, सुधार र नागरिकमैत्री सेवा प्रवर्द्धनमा सामूहिक भावना र उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनु भयो।

