१७ बर्ष बढि कैद भुक्तान गरेका माओवादी नेता जोशी (अनन्त) कारागारबाट छुटे, नेता कार्यकर्ताद्वारा भव्य स्वागत

मुख्य खवर राजनीति विशेष समाचार

जनक बहादुर चन्द/कञ्चनपुर, १० असोज-नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता कारागारबाट छुटेका छन । शुक्रबार माओवादी नेता टेकराज जोशी(अनन्त) कारागारबाट छुटेका हुन । १७ बर्षअघि ज्यान उद्योग मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका माअ‍ोवादी नेता जोशी छुटेकोे कारागार प्रशासनले जनाएको छ ।


कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीले ज्यान कसुर मुद्दामा कैद भुक्तान गरिरहेका टेकराज जोशी(अन्तत)ले कामदारी सत प्रतिशत कैद भुक्तान गरेपछि छुटेको बताए । उनका अनुसार कारागार ऐन ०७९को दफा ५४ अनुसार जोशीले कामदारी सुविधा बाफत पुरै कैद भुक्तानी गरेपछि छुटेको हुन ।

अदालतले जोशीलाई २० बर्ष कैद गरेपछि २९ जेठ ०६५ सालमा कारागाार चलान भएका थिए । ‘टेकराजलाई २० बर्ष कैद भएपनि २ बर्ष ८ महिना १९ दिन कामदारी सुविधा पाएर छुटेका हुन, ‘जेलर जोशीले भने, ‘उहाँ कारागार ऐन अनुरुप नै कैदमुक्त भएका छन ।’

१७ बर्ष बढि कैद भुक्तान गरेका माओवादी नेता जोशीको विदाईमा कैदीबन्दी, कारागारका कर्मचारी, पुर्वकैदीबन्दी, आफन्त,ईष्टमित्र, उद्योगी, व्यवसायी, साथीभाई सहित माओवादी नेता कार्यकर्ताहरुले स्वागत एव विदाई गरेका छन । लामो समय कैदी जिवन विताएका माओवादी नेता टेकराज जोशी(अनन्त)ले आफुले पुन समाजिक सेवामा खटिने बताए ।

‘आफुले उतिबेला अपराध नगरेरैपनि कैदभुक्तानी गर्नुपर्ने भयो, ‘उनले भने, ‘मैले कारागारमा दुखदेखि जिवनमा दुवै सिकाई पनि भयो, अब सिकाईलाई समाजिक काममा खर्च गर्छु ।’ जानी नजानेर थुप्रै मानिस कारागार पुग्नुपर्ने अवस्था सृजना भएको उनको दुखेसो छ । ‘मैले न्यूटल बस्छु भन्दा पनि समाजले मलाई यतिबै बस्ने छुट दिने छैन, ‘उनले भने, ‘बाँकी जिवन समाजकै लागि खर्चिछु ।’ कारागारबाट छुटे लगत्तै ¥याली सहित बजार परिक्रममा गरेर दैजीघरसम्मै पु¥याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *