वेदकाेट हरपालकी समुनामाथि कुटपिट

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर, भदौँ १८-कञ्चनपुरकोे बेदकोट नगरपालिका १० हरपालकी एक महिलामाथि कुटपिट भएको छ । गएराति करिब १ बजेकाे समयमा बेदकोट नगरपालिका हरपालकी सुमना चौधरीमाथि कुटपिट भएको हो ।

गयराती उनीमाथि धारिलाे हतियार सहित आएका एक पुरुषले कुटपिट गरेका हुन । आफन्तका अनुसार सुमनालाई अपरिचित व्यक्तिले कुटपिटका साथै लुटपाट गरेकोे छ ।

कुटपिटबाट घाईते चौधरीको महाकाली अस्पतालमा उपचार भईरहेको छ । सुमनालाई कुटपिट गर्न आएका ति अपरिचित व्यक्तिको कपडा सुमनाकै घरमा छुटेको छ । कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराले चौधरीको हात, घाटीमा चोट लागेको बताए । प्रवक्ता बोहराले घटना बारे अनुसन्धान भईरहेकोे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *