कञ्चनपुरका क्रियाशिल पत्रकार विष्ट र सिनाल सम्मानित

मुख्य खवर राजनीति विशेष समाचार
महेन्द्रनगर- कञ्चनपुरमा विगत लामो समयदेखी संचारको क्षेत्रमा क्रियाशिल पत्रकारद्वय टिभी टुडेका सुदूरपश्चिम समाचार संयोजक राजेन्द्र विष्ट र सामुदायिक रेडियो शुक्लाफाँटा एफ एमका समाचार प्रमुख सुजित रमेश सिनाल सम्मानित भएका छन् ।
विहिबार सुदूरपश्चिम जापान करातो डो कोशिकाई सितोरिया संघ नेपालले आयोजना गरेको तेस्रो ईन्डो नेपाल अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ को अवसरमा पत्रकार विष्ट र सिनाललाई एक कार्यक्रमका विच दाेसल्ला र प्रमाण पत्र सहित सम्मानित भएका हुन ।

लामो समयदेखी पत्रकारिताको क्षेत्रमा लागेर खेलकुदको विषयलाई समाचारको माध्यमबाट आम जनसमुदायमा जानकारी दिएर खेलकुदको गरिमा र उचाईलाई शसक्त रूपमा उठाए  बाफत सम्मान गररिएको सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालले जनाएकाे छ ।

सम्मानित भएकाेमा खुसि व्यक्त गर्दै पत्रकारद्वय विष्ट र सिनालले आगामि दिनमा खेलकुदका क्षेत्रमा अझ शसक्त ढंगले कलम चलाउने प्रण गरेका छन् ।

पत्रकार  विष्ट र  सिनाल २ दशक लामाे समय देखी संचारको क्षेत्रमा कृयाशिल छन् ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *