महाकाली नदिमा ब्रतालुको भिड , दिन भरी लाग्छ मेला

मुख्य खवर राजनीति विशेष समाचार

डिल्लीराज पन्त/कञ्चनपुर ,भाद्र १२- महाकाली नदिमा ऋषि पञ्चमीका दिन व्रत वस्ने ब्रतालुहरुको भिड लागेको छ । तिजको अन्तिम दिन हिन्दू महिलाहरुले सप्तऋषिको पूजा अर्चना गर्न महाकाली नदि किनारका विभिन्न घाटहरुमा भिड लागेको हो । ब्रतालु महिलाहरुले महाकाली किनारमा रहेको भुजेला मा अवस्थित रामेश्वर घाट र ऐरी घाट तथा हरिहर घाटमा स्नान र पुजा अर्चना गरेका हुन ।

आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने क्रममा कञ्चनपुरका अधिकांस महिलाहरु महाकाली नदिमा गई न्वाईध्वाई गर्ने र नदि किनारमै पुजा अर्चनागर्ने गर्दछन ।
रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन विहानै न्वाई ध्वाई गरी ब्रतबसी अरुन्धती सहित सप्तऋषिको पूजा अर्चना गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास भएको हुदा आजको दिन नदि किनारमा पुजा अर्चनागर्ने गरेको ब्रतालु महिला बताउछन ।

आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको र स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा अर्जना गरी रजस्वलाका समयमा भएका गल्तीको क्षमा याचना माग्ने गरीएको अर्का व्रतालु महिला बताउछन ।
बाईट ः ३ व्रतालु महिला, कञ्चनपु्र)
महाकाली नदि किनारमा पुजा अर्चनागर्न कञ्चनपुर,कैलाली का साथै भारतका विभिन्न सिमावर्ति गाउ वाट समेत ब्रतालु महिलाहरु आई पुजा अर्चना गर्दै आईरहेका छन । ब्रतालु महिलाहरुले गर्ने स्नान तथा पुजाका कारण यस क्षेत्रमा दिन भरी मेला नै लाग्ने र ऋषि पञ्चमीकाका दिन ब्रतालु महिलाहरु सप्त ऋषि तथा अरुन्धतीको पुजा अर्चन गर्न प्रतेक वर्ष महाकाली नदि किनारमा आउने गरेको पण्डित लोकराज पन्त बताउनुहुन्छ ।

विभिन्न धार्मीक पर्वहरुका लागी पछिल्ला वर्षहरुमा महाकाली नदि किनारमा धार्मीक घाटहरु लाई व्यवस्थित र सुरक्षित बनाउन स्थानिय सरकारले समेत चासो देखाउदै आएको छ । जसले गर्दा परम्परागत मौलिक पर्वहरु जगेर्ना गर्न महत्वपुर्ण योगदान हुने भिमदत्तनगरपादिका ११ का वडा अध्यक्ष प्रकास थापाले बताएका छन ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन महाकाली नदि संगै जिल्लाका अन्य ठुला नदिमा समेत पुजा अर्चना गर्ने ब्रतालुहरुको भिड लाग्ने गरेको पाईन्छ ।
सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । सप्तऋषिको पूजा पश्चात ब्रतालु महिलाहरु दिनभर नाचगान र भजनकिर्तन गरी रमाईलो गर्ने गर्दछन ।

विगत एक साता देखी दैशैभर हर्षेाल्लासका साथ हिन्दु नारीहरुले मनाउदै गरेको पर्व तीज पनि आजैका दिन देखी विधिवत रुपमा समापन हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *