विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट लागू भएपछि देशभर गाडीको एकिन विवरण प्राप्त हुने, कृत्रिम बौद्धिकतामा आधारित ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण, राजस्व छली रोकथाम तथा विपद् व्यवस्थापनमा सहजता हुने दाबी गरेको छ ।
नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार रहेको र तथ्याङ्क देश बाहिर नजाने गरी विभागकै सर्भरमा सुरक्षित हुने पनि विभागले दाबी गरेको छ । तर विभागले असोज १ गतेदेखि सबै सरकारी, निजी तथा सार्वजनिक गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भने स्पष्ट पारेको छ ।


