बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं- बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो। समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको योग्यता अपर्याप्त रहेको, कानून अनुसार योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायत विषयमा प्रश्न गर्दै प्रतिवेदन बुझाएको थियो।

गत १२ फागुनमा सरकारले ओझालाई बीमा कम्पनीहरूको नियामक निकायको अध्यक्ष नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *