कञ्चनपुर प्रहरीको लागु औषध र तस्करमाथि एक्सन, ७ बर्षमा डेढ हजार लागु औषध तस्करदेखि प्रयोगकर्ता प्रहरी फन्दामा

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/कञ्चनपुर- सीमावर्ती भारतसंग जोडिएको कञ्चनपुर पछिल्ला बर्षहरुमा लागु औषधको ट्रान्जिट प्वाईन्ट’ बनिरहेको छ । कञ्चनपुरमा भारत, सुप प्रदेशका उत्तरी पहाडी भेग सहित अन्य जिल्लाहरुबाट लागु औषध भित्रिने गरेको छ । कञ्चनपुर लागु औषधको ट्राजिट प्वाईन्टकै रुपमा विकसित भईरहेको हुँदा सर्वस्त्र चिन्ता र चासो बढिरहेको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको परम्परागत र आधुनिक लागु औषधजन्य बस्तु बाट पनि जिल्लामा लागु औषध भयाभह भईरहेको छ । हाल कारागारको तथ्याङ्क अनुसार पनि कुल कैदबन्दी मध्ये सबैभन्दा बढि लागु औषधकै मानिसहरु जेल सजाय काटिरहेका छन । १ सय ८२ जना लागु औषध मुद्दमा कैद भुक्तान गरिरहेका छन ।

लागु औषध बिरुद्धमा कञ्चनपुर प्रहरीले निर्मम अप्रेसन चलाएको छ । सात बर्ष अघि कञ्चनपुर प्रहरी कमान सम्हालेका तत्तकालिन एसपी दिल्लीराज विष्टले लागु औषध बिरुद्ध कार्बाही शुरुवात गरेका थिए । त्यस अघिका एसपीहरुले खासै लागु औषध नियन्त्रण तर्फ कार्बाही गरेका थिएनन् ।

तत्तकालिन एसपी विष्टको पालामा चोक चौराहमा चुरोट, सुल्पा भित्र चरेश, गाजाखानेदेखि भारतबाट लागु औषध ब्राउन सुगर तस्करी गर्नेमाथि कार्बाही चलाएका थिए । त्यसपछिका एसपीहरुले समेत निरन्तरता तत्तकालिन एसपी विष्टकै शैलीमा लागु औषध बिरुद्ध अप्रेसन चलाएका छन । एसएसपीबाट सेवानिवृत भएका उतिबेला जिल्ला प्रहरी प्रमुख विष्टले शुरुवात गरेको कामको प्रहरी संगठन मात्रै होईन नागरिक स्तरबाट समेत प्रसंसा भएको थियो । हाल कञ्चनपुर प्रहरी कमाण्ड सम्हालेका एसपी खडक बहादुर खत्रीले पनि लागु औषध बिरुद्ध निर्मम कार्बाही चलाएका छन ।

लागु औषध चरेश, गाजा, खैरो हिरोईन, अफिम, फेनागन, नाईट्रोभेट, रैक्सोजैसिक सहित सयौँ मानिस प्रहरी फन्दामा परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराका अनुसारसात बर्षकोे अवधिमा झण्डै साढे एक हजार ५ सय बढि मानिस पक्राउ परेका छन । यो अवधीमा विभिन्न प्रकृतिको लागु औषध सहित डेढ हजार मानिस पक्राउ परेका हुन ।

प्रवक्ता बोहराका अनुसार आर्थिक बर्ष ०७५÷०७६ मा ७२, ०७६÷०७७ मा ८७, ०७७÷०७८ मा २ सय ३०, ०७८÷०७९ मा २ सय ३४, ०७९÷०८० मा २ सय ९३, ०८०÷०८१ मा २ सय ८७, ०८१÷०८२ मा २ सय ६६ र चालु आर्थिक बर्ष ०८२÷०८४ को साउन महिनामा मात्रै ३१जना पक्राउ गरेर कार्बाही गरिएको छ । उनीहरुको साथबाट विभिन्न प्रकृतिको लागु औषध बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
कञ्चनपुर प्रहरीले पछिल्लो तीन बर्षको अवधिमा क्रमस खैरो हिरोईन १हजार ६७१.७७ग्राम, चरेश १सय १५.२१९ किलो, गाजा ७८.६३केजी,एम्पुल १हजार ९५८पिस र ट्याप १६८पिस बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले लागु औषध बिरुद्धमा एकातिर मुद्दा अर्कातिर सचेतना कार्यक्रम संचालन गरेको बताए । एसपी खत्रीका अनुसार विद्यार्थीदेखि समुदायमा लागु औषध निर्मुल गर्नका लागि सचेतना कार्यक्रम संचालन गरिएको छ । एसपी खत्रीले प्रहरीको एकल प्रयासबाट लागु औषध पुर्ण निर्मुल नहुने बताउँदै यसका लागि सिङ्गो समाज नै जागरुक हुनुपर्नेमा जोडदिएका छन ।

धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले लागु औषध निर्मुल पार्नका लागि अभिभावकदेखि सरकारले सचेतनामुलकदेखि कार्बाहीका कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिए । लामो समयदेखि लागु औषध मात्रै होईन धुम्रपान मध्यपान निषेधका क्षेत्रमा कार्यरत चन्दले एकसाथ सबै पक्षबाट लागु औषध नियन्त्रणका कार्यक्रममा सहभागिदेखि कानुनी कार्बाही गर्नुपर्ने बताए । ‘लागु औषध मुक्त समाज निर्माणका लागि अब आम अभिभावकलाई नै सचेतना गराउनुपर्छ, ‘उनले भने, ‘कुलत लागु औषध नियन्त्रणका लागि पाठ्यक्रम नै बनाएर बालबालिकालाई सानै उमेरदेखि सचेत गराउनुपर्छ ।’

लागु औषधका प्रयोगकर्ता मात्रै नभई तस्कर, व्यवसायीसम्मैको सञ्जाल भत्काएर कानुनी कार्बाही गरेर केहीहदसम्म न्यूनिकरण हुने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *