ग्रुपका महासचिव समेत रहेका पाण्डेयको जित सुनिश्चित गर्न कूटनीतिक पहल भइरहेको अध्यक्ष टंकराज गिरीले जनाए।
गिरीका अनुसार, पाण्डेयको रेडक्रसमा लामो अनुभव, विपद् व्यवस्थापनमा दक्षता र मानवतामुखी सेवाप्रतिको प्रतिबद्धता नै उनको चुनावी बल हो। “महासचिवज्यूको जित निश्चित छ,” गिरीले भने, “उनको नेतृत्वले रेडक्रस कञ्चनपुरलाई थप प्रभावकारी र सक्षम बनाउनेछ।”
पाण्डेयको पक्षमा ग्रुपका सदस्यहरू एकजुट भएका छन्। टंकराज गिरी, दिनेश कुँवर, कैलाश सिंह विष्ट, रज्निस भण्डारी, राजेन्द्र चन्द, राजेश भट्ट, दिपेन्द्र विष्ट, महेन्द्रसिंह बुडाललगायतका सम्पूर्ण सदस्यहरूले आन्तरिक प्रचार अभियान थालेका छन्।
उनीहरूका अनुसार, पाण्डेयको उम्मेदवारी संस्थाको सेवा क्षमता वृद्धि र संरचनागत सुदृढीकरणको उद्देश्यसहित आएको हो।
२०६५ सालदेखि रेडक्रसमा आबद्ध पाण्डेय बेलौरी नगरपालिकामा कार्यरत कर्मचारी हुन्। उनी नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन समेत रहेको बताइएको छ। विपद्का बेला उद्धार, राहत तथा पुनःस्थापना कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका उनले रेडक्रसका विभिन्न कार्यक्रममा नेतृत्वदायी जिम्मेवारी सम्हालेका छन्।
निर्वाचनमा विजयी भएपछि उनले संस्थाको आन्तरिक व्यवस्थापनमा पारदर्शिता, सदस्यहरूको सक्रियता, विपद् व्यवस्थापन क्षमतामा सुधार, युवा स्वयंसेवकको सहभागिता विस्तार र समुदायस्तरमै प्रत्यक्ष सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
Advertisement
साउन ३१ गते हुने निर्वाचनमा मन्त्री पदसहित विभिन्न पदका लागि प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। पाण्डेय समर्थकहरूका अनुसार, उनको नेतृत्वले रेडक्रस कञ्चनपुरमा नीति, कार्यशैली र सेवा विस्तारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

