महाकाली नदिमा भिमदत्त ११ का दुई बालिका बेपत्ता

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– महाकालीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । आइतबार दिउसो १:१५ बजेकाे समयमा महाकाली किनारमा नुहाने क्रममा दुई बालिका बेपत्ता भएका हुन ।

दिउँसाेकाे समयमा ४ बालबालिका नुहान नदिमा गएका थिए । ती मध्ये २ जना बालिका बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता डिएसपि सागर बाेहराले जानकारी दिनु भयाे ।

उनका अनुसार बेपत्ता हुनेमा भीमदत्त नरपालिका ११ का अन्दाजी ७ वर्षीय जिबिका पन्त र ६ वर्षीय पानवि पन्त बेपत्ता भएकाे बताए । अहिले महाकाली नदिमा डिएसपि बाेहराकाे नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे टाेलिले खोजी कार्य गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *