काठमाण्डौ – हिजो कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ९८ हजार पाँच सय रुपैयाँ कायम भएकाे थियो ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई

