‘भाईरलरोड‘को सुन्दरता जोगाईराख्न, युवाहरुको सक्रियता

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर/डिल्लीराज पन्त-कञ्चनपुरको महाकाली नदि किनार मा निर्माण भएको ‘भाईरल रोड‘ले परिचित सडकको विचमा लगाईएका वोट विरुवा संरक्षण गर्न यस क्षेत्रका स्थानिय युवाहरु सक्रिय भएका छन । सडकको सुन्दरता जोगाई राख्न भिमदत्त नगरपालिका १२ का युवा तथा समाजसेवि व्यक्तित्वहरुले सनिवार सो क्षेत्रमा लगाइृएका वोट विरुवा गोडमेल तथा पेटिमा सरसmपाई गरेका छन ।

विज्ञापन

नदि किनार ६ लेनको सडक विचमा लगाईएका बोट विरुवा संरक्षण गर्न को श्री बैजनाथ युवा जनसेवा समिति ए्ेरीका को पहलमा स्थानिय वासिन्दा , ईलाका गड्डाचौकीको सुरक्षाकर्मि , ससस्त्र प्रहरी तथा वडा समितिका जनप्रतिनिधि ,समाज सेवि व्यक्तित्व लगायतको सहयोगमा वोट विरुवा गोडमेल तथा सरसफाई गरेका छन ।

महाकाली पुल योजनाले निर्माणको कार्य रोकेपछि लामो समसय सम्म सडकको पेटिमा लागईएका वोट विरुवाहरु गोडमेल र सो क्षेत्रमा सरसफाई हुन नसक्दा भाईरल रोड को सौन्दर्यतामा कमि आउदै गरेको थियो । यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह््य पर्यटकहरुलाई भाईरल रोडको सौन्दर्यता झल्काउने र थप पर्यटक लाई आर्कषित गर्ने उद्येश्य सहित कार्यको थालनी गरिएको श्री बैजनाथ युवा जनसेवा समिति ए्ेरीका अध्यक्ष अशोक बुढापालले बताएका छन ।

सरसफाई तथा बोट विरुवा संरक्षण कार्यक्रम ले वातावरण समेत स्वच्छता कायम रहने र सो क्षेत्रको सौन्दर्यता कायम रहिरहने भएकाले यसत खाले कार्यक्रममा वडाले समेत आगामि दिनमा ‘भाईरल रोड‘मात्रै नभई वडाका टोल टोलमा यस्ताखाले कार्यक्रमको आयोजनामा वडाकार्यलयले समेत तदारुकताका देखाउने भिमदत्त नगर १२ का वडा सदस्य तथा भिमदत्त नगरपालिकाका न्यायपालिका प्रतिनिधि नर बहादुर साउद तथा समाजसेवी अधिवक्ता टेक बहादुर कठायतले जानकारी दिएका छन ।

भिमदत्त नगरपालिका १२ का पुर्व वडाअध्यक्ष तथा नगरीक समाजका अगुवा कृष्ण सिंह देउपाले पछिल्लो समय विभिन्न वडाहरुमा यस्ता खाले कृयाकलापमा युवाहरुको सक्रियता बढ्रदे गईरहेको ले पछिल्लो युवा पुस्तामा देखिएको जोश जागर समाजका लागी सकारात्मक सन्दैश हुने बताएका छन ।
कार्यक्रममा वडाका विभिन्न महिला समुह, टोल समिति, समाज सेवी लगायत स्थानिय को उल्लैख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *