महेन्द्रनगर – सदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप एक आपसमा ठाेक्किएर दुर्घटनामा परेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन हुइँकिएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री दुर्घटनामा परेका हुन् ।
रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै गर्दा बाटाेमा दुर्घटनामा परेका हुन ।
मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुवै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मन्त्री सार्की सवार गाडी पालको भन्दा अघि थियो। बीचमा इलेक्ट्रीक भ्यान आएपछि ब्रेक लगाउँदा मन्त्री पालको गाडीले सार्कीको गाडीलाई ठक्कर दिएको थियाे ।
चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो ।

