नेपालमा बालविवाहको दर अझै पनि उच्च

Uncategorized

काठमाडौं-नेपालमा बालविवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्याङ्कले देखिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ ले नेपालमा अझै पनि बालविवाहको दर उच्च रहेको देखाएको हो ।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आज प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार वर्षेनि ५४ हजार जनाभन्दा धेरै बालबालिकाले १८ वर्षभन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् । बालविवाह गर्नेमध्ये ७ प्रतिशत बालबालिकाको उमेर १० देखि १४ वर्षको हुने गरेको छ ।

सूचना अधिकारी चन्दले बालबालिकाको स्वास्थ्यसम्बन्धी तथ्याङ्कसमेत चिन्ताजनक रहेको जानकारी दिनुभयाे । उहाँले ५ वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *