महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश अन्तरषत स्थानीय तहमा कार्यरत करार, दैनिक ज्यालादार,अस्थायी कर्मचारी आन्दोलित बनेका छन् । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा कार्यरत रहेका करार, ज्यालादारी, अस्थायी कर्मचारीहरुलाई प्रदेश सरकारले ल्याएकाे ऐनमा अटाउन नसकेकाे भन्दै आन्दोलित भएका हुन ।
२०८१ असार देखी आजसम्म संघर्षरत रहेको अवगत गराउँदै प्रदेशले पारित गरेको ऐन अस्थायी करार, ज्यालादारी कर्मचारी विपरित रहेको भन्दै विभिन्न चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
प्रदेश सरकार विधायन समिति, प्रदेश सरकारको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गरीने स्थानिय तह कर्मचारी संघर्ष समितिका संयोजक तिलक जोशीले बताउनु भयो ।
सोमवार कञ्चनपुरकाे भीमदत्त नगरपालिकामा कार्यरत अस्थायी, करार, ज्यालादारीमा कर्मचारीहरुले आफनो माग पुरा नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी सहित भेलाले निर्णय गरेकाे संघर्ष समिति संयाेजक जाेशीले बताए ।

