कञ्चनपुर-जिल्लाकाे दाेधारा चाँदनीमा बिषालु च्याँउ खाँदा एकै परिवारका ५ जना विरामी परेका छन् । साेमबार दाेधारा चाँदनी नगरपालिका वडा नम्बर ६ का एकै परिवारका ५ जना विषालु च्याउकाे सेवनबाट विरामी परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे हाे।
जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा. वडा नं. ०६ कालागड टोल स्थित ऐ.ऐ. बस्ने बर्ष ६३ की कालु सुनार, निजकै नातिनी बर्ष १८ की निशा सुनार, निजकै नाति बर्ष १६ को भिम सुनार, निजकै नाति बर्ष १२ को बसन्त सुनार र निजकै नातिनी बर्ष ८ की मन्सु सुनार रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बाेहराले जानकारी दिए ।
उनका अनुसार एउटै परीवारका पाँचै जनाले भारतको नङ्ग्रा जङ्गल बाट ल्याएको बिषालु च्याँउको तरकारी खाएर बिरामी भएकाे बताउनु भयाे । विरामी सबैकाे औषधी उपचारको लागि दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको र पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक बाेहराले बताए ।

